हेटौँडा,३० पुस,
राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले राजिनामा दिएको दुई साता बितिसक्दा समेत राप्रपा मकवानपुर नेतृत्व विहिन रहेको छ । प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय अध्यक्ष समेत रहेका दाजु कमल थापाको पराजय पछि नैतीकताको आधारमा राजिनामा दिएको बताएका गणेश थापाले अब राजनीतिमा सक्रिय जीवन नविताउने घोषणा गरिसकेका छन् ।
राप्रपा मकवानपुरले यो वर्ष भएका स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा राम्रो प्रर्दशन गर्न नसकेको असर मकवानपुरमा पनि देखिन थालेको यहाका राजनीतिक विश्लेषकहरुको दाबी रहेको छ ।
कुनै समयमा मकवानपुरको राजनीतिको केन्द्रमा रहने गरेको राप्रपा अहिले मकवानपुरे राजनीतिमा गणना नहुने अवस्थामा पुग्नुले पनि राप्रपाको नेतृत्व लिनको लागि खासै कसैले पनि प्रयास नगरेको देखिएको छ ।
कुनै समय राप्रपाले मकवानपुरमा आफुलाई निकै शसक्त अवस्थामा उभ्याउने गरेको थियो । २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा पनि निकै राम्रो नतिजा प्राप्त गरेको राप्रपाले गत स्थानीय तह तथा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भने राष्ट्रिय पार्टी हुने हैसियत समेत गुमाएपछि कमल थापाको गृह जिल्लामा समेत राप्रपा सिथिल तथा लगभग निस्कृय बनेको हो ।
केन्द्रीय अध्यक्षको जिल्ला समेत नेतृत्व विहिन बनेपछि बाँकी जिल्लाको हालत कस्तो होला ? राप्रपाका एक जिल्ला सदस्यले भने । “यदि राप्रपाले मकवानपुरको अवस्था अब केहि समय यस्तै अवस्थामा छोडने हो भने हाम्रो नाम इतिहाँसबाट समेत मेटिन सक्छ । ”
गणेश थापाले राजिनामा दिएपछि राप्रपाको नेतृत्व लिने चर्चाबारे राप्रपका केन्द्रीय सदस्य दिपकबहादुर सिंहसँग प्रतिक्रिया लिँदा उनले ठाडै अस्विकार गर्दै भने ः म केन्द्रमा पुगिसकेको ब्यक्तिले जिल्लाको नेतृत्व लिनेबारे केहि सोचेको छैन, हामीले नयाँ अनुहारलाई अवसर दिने बानी गर्नु पर्दछ ।
उनले गणेश थापाले पाँच वर्षसम्म राप्रपा मकवानपुरके नेतृत्व गर्छु भनेर बिचमानै छोडेको भन्दै दुख समेत ब्यक्त गरे । सिंहले भने “उहाले पाँच वर्षसम्म राप्रपाको नेतृत्व गरेर राप्रपालाई मकवानपुरको पहिलो शक्ति बनाउछ भन्दै नेतृत्व लिनु भएको थियो, अहिले आएर छोडेर जान मिल्छ त ?”
तर गणेश थापाले भने आफुले निर्वाचन प्रयोजनको लागि मात्र नेतृत्व लिएको दाबी गरे । उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामपछि जितहार जे भएपनि राप्रपाको जिल्ला अध्यक्ष छोडने भनेर नेतृत्व लिएको बताए ।
थापा र सिंहले आफ्नो कुरा गरेपनि राप्रपाको जिल्ला नेतृत्व लिनको लागि कसैले पनि अहिलेसम्म कुनै पहल नगर्नुले पनि राप्रपाको क्रेज अब नेताहरुमा समेत नरहेको स्पष्ठ हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।