गृह स्थानीय गाउँपालिका स्तरिय शिक्षक अधिवेशन सम्पन्न

गाउँपालिका स्तरिय शिक्षक अधिवेशन सम्पन्न

सेयर गर्नुहोस्

हेटौँडा,३० पुस,
नेपाल राष्ट्रिय शिक्षक संगठनको राक्सिराङ गाउपालिकामा गाउपालिका स्तरिय शिक्षक अधिवेशन सम्पन्न भएको छ ।

नेपाल शिक्षक महासंघ केन्द्रीय लेखासमिति सदस्य मोहन शर्माको प्रमुख आतिथ्यता तथा शिक्षक संगठन राक्सिराङ ईन्चार्ज जनकलाल ब्लोनको अध्यक्षतामा सम्पन्न अधिवेशनमा शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दहालको विशेष आतिथ्यता रहेको थियो । अधिवेशनले श्रीप्रसाद भ्लोनको अध्यक्षतामा २२ सदसीय शिक्षक संगठन राक्सिराङ गाउँपालिका कमिटि समेत चयन गरेको संगठन सूचना विभाग प्रमुख सुनिल गौतमले बताउनुभयो ।

 

कार्यक्रममा संगठन मकवानपुरका उपाध्यक्ष किशोर बर्तौला, लक्ष्मी गजुरेल, सचिव पुरुषोत्तम आचार्य, सल्लाहकार अकुर प्रसाद गौतम, सदस्यहरु मोहन न्यौपाने, सुमन खनाल, दीपक अधिकारी, सुर्य लामा, मनहरी गाउँपालिका अध्यक्ष रामहरी सुवेदी लगायतकाको उपस्थिति रहेको थियो । अधिवेशनले रामप्रसाद सापकोटा, तेजप्रसाद मैनाली, र लालुमायाँ मोक्तानलाई प्रदेस प्रतिनिधिमा सर्वसम्मत गरेको संगठन उपाध्यक्ष किशोर बर्तौलाले बताउनुभयो ।