पुस ३०,चीनको पूर्वी समुद्रमा गतहप्ता भएको पानीजहाज दुर्घटनापछि जलेको तेल ट्यांकर अझै पनि जलिरहेको छ ।

 

 

उद्धारकर्ताहरुले पानी जहाजका चालक दलका दुई सदस्यको शव र ‘ब्ल्याक बक्सको रेकर्डिङ यूनिट’ फेला पारेका छन् । तेल बोकेको पानी जहाज र कार्गो पानी जहाज आपसमा ठोक्किएपछि चुहिरहेको तेल र आगो अझै नियन्त्रण गर्न नसकिएको हो ।

 

 

सान्ची नाम गरेको उक्त पानीजहाजले १० लाख ब्यारल तेलको विषालु र विस्फोटकस्वरुप कन्डेन्सेट बोकेको थियो ।

 

 

३० जना इरानी र दुई बंगलादेशी चालक दलका सदस्य मध्ये अहिलेसम्म तीनजनाको शवमात्र फेला परेको छ । अर्को सामान बोकेको पानीजहाजबाट २१ जना चिनियाँ चालक दलका सदस्यको उद्धार गरिएको छ । उद्धारमा इरानी कमान्डो पनि संलग्न रहेका छन् ।दुर्घटनाको कारण खुल्न सकेको छैन । ट्यांकर इरानतर्फ जाँदै थियो । एजेन्सी