३० पुष, इलाममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । इलाम नगरपालिका–८ तिल्केनीका २३ वर्षे वेदप्रसाद तामाङको करेन्ट लागेर ज्यान गएको हो ।

 

 

आफ्नै घर बनाउँदा बांगिएको रड सीधा पार्ने क्रममा मेन लाईनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । कार्यलयका अनुसार करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।