सपथग्रहण समारहोमा नारायणी यातायात ब्यवसायी संघका विजयी प्रतिनिधिहरु तस्बिर : विपना चौँलागाई /खबरब्रेक

विपना चौँलागाई
हेटौँडा,२९ पुस,
नारायणी यातायात व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष हिरालाल श्रेष्ठले आफु सबै पक्षलाई मिलाउँदै अघि बढने बताएका छन् । निर्वाचित भएपछि आज भएको सपथ ग्रहण कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै श्रेष्ठले चुनावमा भएका तितामिठा कुराहरु भुल्दै सबै पक्षलाई समेटेर अघि बढने प्रतिबद्धता ब्यक्त गरे ।

 

आफुले निर्वाचनमा होमिदा गरेको सम्पूर्ण प्रतिवद्धता पुरा गर्न एक ढिक्का भएर लागि पर्ने बताँदै उनले तिनवर्षसम्म नयाँ सवारीलाई दर्ता नगर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । ट्रक व्यावसायीको भाडादर, परमिट, विमा को व्यवस्थामा आफुले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई रहेको थियो । आफ्नो कार्यकालमा संघलाई वेफाइदा हुने गरि भएको दाहोरो सदस्यतालाई खारेज गर्ने समेत उनले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासी रहेका गोकर्ण पराजुलली श्रेष्ठलाई बधाई ब्यक्त गर्दै निर्वाचनमा भएका सबैकुरा भुलेर अघि बढने बताए । संघलाई कुनै राजनीतिक दलको भातृ संगठनजस्तो गरि चलाउन नहुनेतर्फ संकेत गर्दै उनले नव निर्वाचित सबै नेतत्वलाई ब्यवसायीको हकलाई महत्वपूर्ण कुरा लिन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा निर्वाचन अधिकृत ईश्वरराज ढकालले नव निर्वाचित कार्य समितिलाई सपथ खुवाएका थिए ।