पुस २९,रोजगारीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । रोजगारीका लागि विदेश जानु पर्ने बाध्यताको अन्त्य हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुलभ रुपमा पाउनुपर्ने माग गर्दै राष्ट्रवादी केन्द्रले काठमाडौंको भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्याली निकालेर प्रदर्शन गरेको हो ।
प्रदर्शनमा विभिन्न पेशामा आबद्ध पेशाकर्मी, युवा, विद्यार्थीलगायतको सहभागिता थियो । प्रदर्शनमा सहभागीले स्वदेशमै देशमै काम गरी खान देउ, सबै नेपालीलाई रोजगार देउ, काम अनुसारको दाम सुनिश्चित गरलगायत नारा लेखिएका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।