हेटौँडा,२९ पुस,
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ ।

मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।

सरकारले प्रकाशित गरेको राजपत्र अनुसार मकवानपुरको पनि तिन वटा गाउँपालिकाको केन्द्र परिवर्तन भएको छ । मकवानपुरको बागमती गाउँपालिकाको वागमती गाउँपालिका वडा नंबर ४ झुरझुरेमा कायम भएको छ । हाल उक्त गाउँपालिकाको केन्द्र फापरबारी बजारमा रहदै आएको थियो ।

त्यसैगरि पूर्वि मकवानपुरको वकैया गाउँपालिकाको पनि केन्द्र परिवर्तन भएको छ । हाल बकैया वडा नंबर ४ मा रहेको केन्द्रलाई बकैया वडा नंबर ३ हात्तिसुडेमा परिवर्तन गरिएको छ । त्यसैगरि पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको पनि केन्द्र परिवर्तन भएको छ । हाल मनहरी गाउँपालिका बजारमा रहेको केन्द्र अब मनहरी वडा नबर ९ रजैयामा कायम गरिएको छ ।

स्थानीय चुनावको समयमा मकवानपुरका यि तिनै गाउँपालिकामा केन्द्र तोक्ने विषयले प्रमुख प्राथमिकता पाएका थिए । केन्द्र सार्ने र नसार्ने विषयमा गाउँपालिकामा तालाबन्दी समेत भएको थियो । केन्द्रको विषयलाई लिएर पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा तालाबन्दी समेत भएको थियो ।