हेटौँडा,२९ पुस ।
वसामाणी जेसिजको अध्यक्षमा हरिकुमार शर्मा निर्विरोध चयन भएका छन् आज भएको जेसिजको १८ औं बार्षिक साधारणसभाले शर्मालाई निर्विरोध चयन गरेको हो ।
सभाले कार्यकारी उपाध्यक्षमा विवेक वाईवा र चिराग अग्रवाललाई चयन गरेको छ ।
जेसीजको उपाध्यक्षहरुमा न्यौपाने , श्याम मुडवरी ,अनिल पौडेल र राजेश अग्रवाल चयन भएको निर्वाचन अधिकृत सुनिल दाहालले जानकारी दिए ।
कार्यक्रममा बसामाडी जेसिजका पुर्वअध्यक्षहरु सहित मकवानपुरका विभिन्न राजनीतिक दलहरुका नेताहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।