डा गोविन्द केसी

२९ पुष,डा.गोविन्द केसीले अनसन तोडेका छन्। शनिबार विहान १० बजे केसीले अनसन तोडेका हुन्।केसी र सरकारबीच शुक्रबार मध्यराती ५ बुँदे सहमति भएपछि डा केसी अनसन तोड्न सहमत भएका हुन्।चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएम को डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै पुस २४ गते अनसन बसेका थिए।

 

 

 

 

सर्वोच्च अदालतको मानहानी गरेको अभियोगमा अनसन स्थलबाटै प्रहरीले उनलाई पक्राउ गरेर दुई दिन थुनामा राखेको थियो।सरकार र केसीबीच चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सरकारले सात दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि शिक्षण अस्पतालको डिनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिइने सहमति भएको छ।

 

 

 

त्यस्तै त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अघि सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीध्र कदम चाल्ने र आइओएमको अधिकार फिर्ता सम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल सिनेटको बैठक बोलाउने सहमति दुई पक्षबीच भएको छ।