साङ्केतिक तस्विर

पुस २९,ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार साँझ भैरहवाबाट तौलिहवा तर्फ आउँदै गरेको लु २ त २७२७ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आएको लु ३२ प ५८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

ठक्करबाट मोटरसाइकल चालक रुपन्देहीको मायादेवी गाउँपालिका–४ मोतिपुर बस्ने २५ वर्षीय रामबोध केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

 

गम्भीर घाइते भएका केवटको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।रासस