file photo

२९ पुस, सरकारसँग ५ बुँदे सम्झौता गरेसँगै त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीले आमरण अनसन अन्त्य गरेका छन् । तर, प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिए ।शनिबार अनसन तोडेपछि डा. केसीले निश्पक्ष छानविनका लागि पराजुलीले राजीनामा दिनु पर्ने बताए । पराजुली, जो महाभ्रष्ट, अपराधी र माफिया हुन् ।

 

 

 

 

म त्यसको विरुद्ध लडेको हुँ र अहिले पनि लडिराख्छु’ उनले भनेका छन् ।उनले अघि भने, जबसम्म प्रधानन्यायाधीश पदबाट हट्दैनन्, राजीनामा दिएर वा के गरेर होस्, त्यो छानविन निश्पक्ष हुन सक्दैन । निश्पक्ष नहुँदासम्म अदालतको मर्यादा गिर्छ । अदालतप्रति जुन विश्वास छ, त्यो रहँदैन ।’

 

 

अदालतको मर्यादा कायम राख्न पनि पराजुलीले राजीनामा दिनु पर्ने उनले बताए । डा। केसीले भने, दिँदैनन् भने म फेरि सत्याग्रहसहित आन्दोलन सुरु गर्छु ।’