२७ पुस,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्व कायम गरि मुलुकलाई सुशासन र विकास उन्मुख गराउने विषय वामगठबन्धनका लागि चुनौतीपूर्ण भएको बताएका छन् ।देशभक्त गणतान्त्रिक मञ्चले राजधानीमा शनिबार गरेको कार्यक्रममा अध्यक्ष दाहालले मुलुक धेरै अप्ठ्याराहरु पार गर्दै सही बाटोमा आएको भएपनि चुनौति हटिनसकेको बताए ।

 

 

संविधान कार्यान्वयन भएन भने देश के हुने भन्ने दुविधा, शंका र कयौ अप्ठारालाई पार गर्दै प्राप्त ऐतिहासिक उपलब्धि एउटा अवसर र चुनौति दुवै भएको उनको भनाई थियो ।राजनीतिक स्थायित्व, सुशासन र विकास वामगठबन्धनको औचित्य भएको भन्दै उनले चुनौतिलाई पार गर्दै अवसर उन्मुख हुनुपर्नेमा जोड दिए ।

 

 

अध्यक्ष दाहालले संविधान कार्यान्वय भई राजनीतिक संक्रमण हटिसकेको अवस्थामा राजनीतिक नेतृत्व पनि निराशाको बीचमा नभई नयाँ आत्मविश्वास र उत्साहका साथ अघि बढेको उल्लेख गरे ।