हेटौँडा,२८ पुस,
मकवानपुर बहुमुखि क्याम्पसको विविएम परिवारको आयोजनामा भएको विविएम कपको उपाधी तेश्रो समेस्टारले जितेको छ ।

आज भएको फाईनल प्रतिस्पर्धामा सेभेन सेमेस्टारलाई अतिरिक्त समयमा पराजित गर्दै तेश्रो सेमेस्टरले उपाधिमाथि कब्जा जमाएको हो ।

मकवानपुर क्याम्पसको खेल मैदानमा भएको प्रतियोगिताको निर्धारित समयमा गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयको सातौ मिनेटमा गौरब गौतमले गोल गरेपछि तेश्रो सेमेस्टार विजयी भएको हो । प्रतियोगितालाई स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखि क्याम्पसको सहयोग रहेको थियो ।