विपना चौँलागाई,
हेटौँडा,२८ पुस,
राखेप च्याम्पियनसिप अन्तर्गत हेटौमा बिहिबारबाट सुरु भएको १३ औ राष्ट्रिय महिला तथा पुरुष कुस्ती आज सम्पन्न भएको छ ।
आज भएको खेलहरुमा पूरुष तर्फ ६१ केजीमा कैलालीका सन्तोष एसके प्रथम भएका छन् भने दोश्रोमा सिराहका अमर यादाव भएका छन् ।

७४ केजीमा बाराका मुस्ताफ अन्सारीले स्वर्णपदक जित्दा सिराहाका रामशंकर यादवले रजतपदक जितेका छन् । आज्र भएको खलका ५७ केजि तर्फ सिराहाका रामबहादुर यालबले स्वर्णपदक जितेका छन् । त्यस्तै ७० केजी तर्फ कञ्चनपुरका सुरेश पुजाराले स्वर्ण पदक जित्दा सिराहाका बिरेन्द्र कुमार यादबले रजतपदक जितेका छन् । ६४ केजि तर्फ बाराका अनिललाल राउतले स्वर्णपदक जितेका छन् ।
पुरुष तर्फनै १सय २५ किलोमा पर्साका राज यादबले स्वर्णपदक प्राप्त गरेका छन् । ९७ किलो तर्फ बाँकेका रमेश गोतामे प्रथम भएका छन् ।

महिला तर्फ ९८ केजीमा मोरङकी संगीता धामीले स्वर्णपदक जित्दा कैलालीकी मिना आउजीले रजतपदक जितेकी छिन् । ६३ केजि तर्फ नेपाली सेनाकी सुशिला चन्दले स्वर्णपदक जित्दा मोरङकी गंगा ओली दोश्रो भएकि छिन् । त्यसैगरी ४५ केजि तर्फ सुनसरीकी आशाकुमारी खत्री प्रथम भएकि छिन । त्यसैगरी ५३ केजी तर्फ कञ्चनपुरकी माया लोहा प्रथम भएकि छिन् ।

मकवानपुरमा पहिलो पटक भएको कुस्तीमा १९ जिल्ला र नेपाली सेना र नेपाल प्रहरीवाट १७ जना महिला र ४५ जना पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणा लगाएतले पुरस्कार वितरण गरेका थिए ।