लेखक : कमानसिंह पाख्रिन (पृथक)

कमानसिंह पाख्रिन (पृथक)
जन्म र मृत्यु हर मानिसको जीवन हो।जसले आफ्नो निजी स्वार्थ त्याग्दछ,समाजको भलाईमा काम गर्दछ।राष्ट्र र समाजको हितमा सोच्दछ।एक मानवले अर्को मानवमा गरेको शोषण विरुद्ध डटेर मुक्ति अभियानमा लाग्दछ।त्यस्ता मानिसको मृत्यु नै सगरमाथा भन्दा उच्च,महान, अटल र अमर हुने गर्दछ।
त्यस्तो असल,अटल र अमरत्वको सान र पहिचान भएको व्यक्तित्वहरु मध्ये मकवानपुरको भुमीबाट उदाएको तारा कमरेड रुद्र बहादुर पाख्रिन (रमेश) पनि एक हुनु भएको छ,हुन्हुन्छ।

 

जसको भौतिक शरीर यस धर्तीमा नरहे पनि विचार र आस्था,आम सर्वहारा वर्गरन्यायप्रेमी मकवानपुरे समाज र समुदायहरुको हृदयमा बाँचीरहेको छ।जसलाई श्रद्धा सुमन अर्पन गरिरहेको छ,रहन्छन् ।
त्यस्तो अमरत्वको पहिचान भएको,वर्गसंघर्षको एक कुशल अभियानता असल छवि एवम् अजेय महत्त्व बोकेको ती महान व्यक्तित्व आदरणीय रुद्र बहादुर पाख्रिन् (क।रमेश०को जन्म मकवानपुर जिल्लाको विकट गाँउ,गोगने गावि।सको वार्ड नं।(६,कालीखोला बाङगे भन्ने ठाउँमा २०१९,सालमा भएको थियो।

 

२०२० सालमा उहाँको सपरिवार गोगनेबाट बसाइँसराइ सरी मकवानपुर गढी ८,कालीखोलामा आउनु भएको थियो।साह्रै निम्न गरिब किसान परिवारमा जन्मनु भएकाूपाख्रिनूसानै उमेर देखी खेतीपातीका काम गर्नुपर्ने अवस्थाले गर्दा पढाइमा निरन्तरता दिन पाउनु भएन।१५,वर्षको कलिलो उमेरमा नै राममाया रुम्बासंग वैवाहिक जीवनमा बाँधिनु भएका पाख्रिनको राजनीतिक आरम्भ उद्योगहरुमा काम गर्ने शिलशिलामै मजदुर संगठनहरुमा संगठित भई सुरु भएको।उहाँको मजदुर राजनीतिक यात्रा पछिको पहिलो आन्दोलन नै छाला उद्योगको मजदुर आन्दोलन थियो।

 

२०४०,०४२,सालमा तात्कालिन नेकपा (मसाल)मा संगठित भएर सक्रिय राजनीतिक यात्रामा लागि परेका ूपाख्रिन ०४६, सालको जनआन्दोलनमा समेत महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो।उहाँ एकपटक जिल्ला पार्टी भित्र दीर्घकालीन जनयुद्धको लाईन र वैधानिक आन्दोलनको लाइन बीच तिब्र अन्तरबिरोध चलिरहेकै बेलामा संयुक्त जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष समेत बन्नु भएको थियो।त्यसपछि ०४७,सालमा भएको पार्टीको कार्यनीतिक निर्णय अनुसार बहुदलीय व्यवस्था धोका हो।यसबाट समाज परिवर्तन असम्भव छ,भन्दै पाख्रिन भूमिगत पार्टी नेकपा (एकता केन्द्र) मा सक्रिय रुपमा लाग्नु भएको थियो।

 

२०५१,सालमा फेरी पार्टी भित्र ूमाओवाद कि माओ विचारधारा वैधानिक संघर्ष कि अवैधानिक शसस्त्र संघर्षूभन्ने बहसको विषय चुलीदै जाँदको परिस्थितिमा ूपाख्रिनू शसस्त्र संघर्षको पक्षमा दह्रो उभिनुका साथै नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्धको सुरुवात भएसंगै पार्टीको पूर्णकालीन सदस्य हुँदै जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो।

 

०५४,असारमा मकवानपुर जिल्लाको १,नम्बर एरिया सेक्रेटरी।०५५,सालमा तमाङ्ग राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य,०५६ सालमा उपक्षेत्रीय व्युरो सदस्य र ०५७ सालमा क्षेत्रीय व्युरो सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो।२०५८ मा उदयपुर र सप्तरी जिल्लाको इन्चार्ज, ०५९ साल देखि बारा,पर्सा र मकवानपुर जिल्लाका पार्टी कमिटी इन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो।

 

कमरेड रुद्र पाख्रिन एक कर्मठ ,कुशल संगठक, गुण भएको नेताका रुपमा परिचित थियो।जनता संग छिटै घुलमिल हुनसक्ने कला भएको एउटा असल कम्युनिस्ट अनुसासनका पालक,जनकार्यशैली एवम् आदर्शका पक्षपाती,सादा जीवन उच्च विचारका धनी पाख्रिनलाई बाह्य कुराले कहिले प्रभाव पारेनन्।सदावहार पार्टीको योजना र निर्णय नै प्रमुख ठान्नु हुने पाख्रिन जस्तोसुकै विपत्तिमा पनि नआत्तिने,आफ्ना मतहतका कार्यकर्ताहरुलाई उत्साह दिइरहन सक्ने क्षमता भएको र वर्गवैरीलाई ठाडो चुनौती दिन सक्ने,आँटिलो नेता हुनुन्थ्यो।

 

असल गुण र सिद्धान्तमा निष्ठावान आचरणमा बढी जोड दिनु हुने ूपाख्रिनू लाई आफ्ना शुभ चिन्तकहरुले धेरै खुल्ला जस्तो भो सुरक्षामा ख्याल पुर्याउनु भन्ने सुझावका जवाफमा उहाँ भन्नु हुन्थ्यो सज्यादै भूमिगत बनेर त शत्रुले पनि नचिन्ने, मित्रहरूले पनि नचिन्ने हुँदोरहेछ,अली खुलेरै लडाइँ लड्नु पर्दोरहेछ ।कतिपय स्थानका भिडन्तमा जनताले कसलाई साथ दिनुपर्ने हो भन्नेमा पनि चिन्न,छुट्याउन कठिन हुँदोरहेछ ।त्यसैले चुनौतीको सामना गर्दै जानुपर्दछ।वर्गसंघर्षमा यस्तै हुने गर्दछ।मरे एक,जिते संसार ।

 

जनयुद्धका इमानदार,एक कुशल नेतृत्व अभियानता पाख्रिन अन्तत वर्ग दुश्मनको नजारबाट जोगाउन, जोगिन सकेनन् ।पार्टीको योजना अनुसार जनसरकार घोषणा कार्यक्रमलाई सम्बोधन गर्न पुर्वतर्फ जाँदै गर्दा प्यारो नेता कमरेड रुद्र बहादुर पाख्रिन९रमेश० को २०५९,पौष २८,गतेका दिन छतिवन गाबिसको गरगरे भन्ने ठाउमा त्यतिबेलाका शाही सेनाले कब्जामा लिएर आमनवीय यातनापछि गोली हानी हत्या गरे ।अतस्जनताको प्यारो नेता कमरेड पाख्रिनको शहदत हुन गयो,भयो।

 

क्रान्तिका दौरानमा कमरेड रुद्र बहादुर पाख्रिन९रमेश० ले नेपाली कम्युनिस्ट आन्दोलन तथा वर्गसंघर्ष वा जनयुद्धका क्रममा जे जति भूमिका निर्वाह गर्नुभएको छ,त्यो सर्वहारा वर्गका लागि निकै उत्प्रेरक रह्यो ।उहाँले उठाएको जनचेतना र जनाधिकार एवम् मुक्तिका प्रश्नहरु,वर्गसंघर्षमा देखाएको वीरता ,खेल्नु भएको भूमिका ,फैलाएको विचार ,कार्यशैली ,जीवन पद्धति कहिल्यै बिर्सन नसकिने अचुक ग्रन्थ झैं भएको छ।

 

उहाँ हाम्रो लागी मात्रै नभई आउने नयाँ पिंढीका पनि एक चम्किलो तारा झैं विशेष महत्त्व,स्मरणीय हुनुहुनेछ।जसको महत्त्व अझ उचो हुँदै फैलिदै जानेछ ।अनुसरण गर्नेछ। अभिवादन