विशेष अदालतले एमबिबिएस छात्रवृत्ति परीक्षामा प्रश्न पत्रको गोपनियता भंग गर्ने ६ जनालाई दोषी ठहर गरेको खबर आजको नागरिक दैनिकमा छ ।अदातलका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारीकामान जोशी र नारायण प्रसाद पोख्रेलको इजलासले ६ जनालाई दोषी ठहर गर्दै बुधबार कैद र जरिवाना सुनाएको हो ।
तीन बर्षअघि शिक्षा मन्त्रालयले एमबिबिएस छात्रवृत्ति परीक्षा लिने क्रममा गोल्डेन गेट कलेजबाट परीक्षा हुनुभन्दा ५ मिनेट अघि नै प्रश्नपत्र बाहिरिएको थियो ।
प्रश्नपत्रको गोपनियता भंग गर्नमा संलग्न गोल्डेन गेट कलेज रातोपुलका निर्देशक देवीराम पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार रुपैयाँ जरिवाना ठहर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।