हेटौँडा,२८ पुस,
। नारायणी यातायात व्यवसायी संघको हिजो सम्पन्न निर्वाचनको मतगणना जारी छ । हालसम्म एक हजार पाँच सय मत गणना भएको छ । ताजा अवस्थामा अध्यक्षमा हिरालाल श्रेष्ठ प्यानलको अधिकांश उम्मेद्वारहरुको अग्रता कायम रहेको छ ।
अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठ अध्यक्षका प्रत्यासी गोकर्ण पराजुलीभन्दा अगाडि रहेका छन् । श्रेष्ठ पराजुलीभन्दा १८९ मतले अगाडि छन् । श्रेष्ठको ८३३ मत र पराजुलीको ६४४ मत रहेको छ ।
वरिष्ठ उपाध्यक्षमा किरण कटुवालले ७९० मत र सुबास पौडेलले ६४९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा दिपक सिवाकोटीले ५५३ मत र विष्णु बिडारीले ८७८ मत प्राप्त गरेका छन् ।
महासचिवतर्फ सरोजकुमार खनालको ९५२ मत र ध्रुवप्रसाद बिडारीको ८८८ मत रहेको छ । कोषाध्यक्षतर्फ किरण पौडेलको ५८२ मत र राजेश खड्गीको ८६१ मत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।