
२८ पुस,नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका बारेमा खाका तयार गर्न बनेको संयुक्त कार्यदलको बैठक शुक्रबार बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्न लागेको हो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य छन् ।
बैठकमा राष्ट्रिय सभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाका लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
दुबै दलको कार्यदलले हिजो आ–आफ्नो दलमा आन्तरिक छलफल गरेको थियो । कार्यदलले सहमती जुटाएका बिषय एकता संयोजन समितिमा बुझाउने छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।