हेटौँडा, २७ पुस,
राष्ट्रिय खेलकुद परिषदले जारी राखेको राखेप च्याम्पियनपपि अन्र्तगत हेटौँडामा आजबाट राष्ट्रिय कुस्ती हुने भएको छ ।
आज ११ बजेकाट सुरु हुने प्रतियोगितामा महिला र पुरुष गरि करिब ७८ जना सहभागि हुने जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ ।
कुस्ती खेलको लागि पुरुष तर्फ ५६ जना तथा महिला तर्फ २२ जनाले सहभागिता जनाउने नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले बताए ।
प्रतियोगितामा पुरुष तर्फ ५७ केजि देखि १२५ केजिसम्मको उमेर समुह रहेको छ भने महिला तर्फ ४५ केजी देखि ७५ केजीसम्मका उमेर समुहको सहभागिता रहने छ । खेल हेटौँडाको हुप्रचौरमा हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।