२७ पुस,उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ जनादेशअनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने विश्वास व्यक्त गरेका छन् । चितवनमा रत्ननगर महोत्सवको उद्धघाटन गर्दै उपराष्ट्रपति पुनले नयाँ जनादेशअनुसार अब स्थायी सरकार बन्ने विश्वास व्यक्त गरेका हुन् ।
उपराष्ट्रपति पुनले राजनीतिक अस्थिरता सकिएकाले देशमा अब लगानीका ढोकाहरु खुल्ने बताए । महोत्सवमा मौलिक पहिचान झल्कने धरहरा निर्माण गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले महोत्सवले जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५० करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । ४ सय ५० स्टल रहेको महोत्सव माघ ५ सम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।