छाला सहित पक्राउ परेको विषयमा पत्रकार सम्मेलनमा जानकारी गराईदै तस्बिर : खबरब्रेक

हेटौँडा,२६ पुस,
मकवानपुरको उत्तरी थाहा नगरपालिकामा हिँउ चितुवाको छाला सहति प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बन्यजन्तुको चोरी निकासी हुँदैछ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय थाहाका प्रहरी निरिक्षक बिरेन्द्र कुमार पासवानको नेतृत्वको प्रहरी टोलीले १४ लाख रुपैँयामा किनबेच हुन लागेको छाला सहित थानपा ८ का संञ्जिव थापालाई पक्राउ गरेको हो । ६ फिट लम्बाई, १ फिट चौडाई भएको उक्त छालालाई थापाले बोकेर हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

आज हेटौँडाको जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेको छाला सहित अभियुक्तलाई सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालले बन्यजन्तु चोरी निकासी रोक्नको लागि आफुहरुले कडा कदम चालेको बताए ।