सांकेतिक तस्बिर

पुस २६,सुनचाँदीको भाउ बुधबार घटेको छ । सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।