हेटौँडा,२६ पुस,
नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले यातायात क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताएका छन् । आज हेटौँडामा सुरु भएको नारायणी यातायात ब्यवसायी संघको ३१ औँ वार्षिक साधरणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालको यातायत क्षेत्रको उपलब्धी गौरबपूर्ण भएको तर सरकारले ध्यान दिन नसकेको बताए ।
यातायात क्षेत्रमा सरकारले बृहत लगानी गर्नु पर्ने बताउँदै उनले त्यती पनि गर्न नसके भाडादर कम गर्नको लागि यातायात ब्यवसायीलाई अनुदानको विषयमा सोच्नु पर्ने बताए ।
उद्घाटन मन्तब्य ब्यक्त गर्दै उपराष्ट्रपति पुनले नारायणी यातायात ब्यवसायी संघले मुलुकको यातायात क्षेत्रलाई ब्यवस्थित गर्न उल्लेख्य भूमिका निर्वाह गरेको बताए ।
नेपालमा निर्माण ब्यवसायीको कारण सडक निर्माणमा समस्या परेको र त्यसको प्रत्यक्ष मारमा यातायात ब्यवसायी परेको भन्दै उनले निर्माण ब्यवसायीलाई पनि देशको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिए ।
नेपालले राजनीतिक अस्थितरताको चरण पार गर्न लागेको बताउँदै अव स्थायित्वको लागि नारायणी यातायात ब्यवसायी संघले पनि भुमिका खेल्न उनले आग्रह गरे ।
कार्यक्रममा नारायणी पत्रकारिता पुरस्कारबाट मकवानपुरका सञ्चारकर्मीहरु कृष्ण सारु, होम कार्की, गणेशदर्पण अधिकारी र तिलक अधिकारी सम्मानित भएका छन् । नारायणी यातायात ब्यवसायी संघका अध्यक्ष बद्री चौँलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सांसद कृष्ण प्रसाद दाहाल, प्रदेश सांसदहरु प्रेमबहादुर पुलामी, इन्द्रबहादुर बानीया लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।