पुस २६ –नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई २ सय ३५ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन बनाएपछि बंगलादेशले २ सय ३५ रनको लक्ष्य पाएको हो । नेपालका लागि कप्तान कृतन श्रेष्ठ दुवालले ६६ रन बनाए ।
मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।