![](https://www.khabarbreak.com/wp-content/uploads/2018/01/nandakishor-pun1.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2018/01/nandakishor-pun1.jpg)
हेटौँडा,२६ पुस,
नन्दबहादुर पुन हेटौंडा आउदैछन् नारायणी यातायात व्यवसायी संघ हेटौंडाको नयाँ नेतृत्वका लागि आज बुधबारबाट अधिवेशन सुरु हुदैछ । अधिवेशनको लागि आज नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन हेटौंडा आउने भएका छन् ।
अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । अधिवेशन उद्घाटनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन हेटौंडा आउदैछन् ।
संघको ३१ औं बार्षिक साधारणसभा एवं १५ औं अधिवेशन उदघाटन गर्न पुन हेटौंडा आउने भएका हुन् । अधिवेशनबाट नयाँ नेतृत्वको चयन हुने भएकाले नयाँ नेतृत्वका लागि पूर्व अध्यक्ष गोकर्ण पराजुली र हिरालाल श्रेष्ठ प्यानल बनाएर चुनावी अभियानमा लागिपरेका छन् ।
संघमा आवद्ध ७ हजार ४ सय २२ सवारीका ३ हजार ५ सय ६० संचालक मतदानमा सहभागी हुनेछन् । उनीहरुले ४ हजार ५ सय ५५ मतदान गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।