पुस २६,पाकिस्तान र युएईले संयुक्त रुपले आयोजना गरिरहेको पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्नेछ ।
आ–आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेका नेपाल र बंगलादेश आज पहिलो जितको खोजीमा छन् ।
प्रतियोगितामा आज बंगलादेशसँग खेलेपछि थप खेलका लागि नेपाली टोली युएईको दुबई पुग्नेछ । दुबईमा नेपालले श्रीलंका, भारत र अस्ट्रेलियासँग थप तीनवटा खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।