
प्राध्यापक डा गोविन्द केसीविरुद्ध अदालतको अपहेलना सम्बन्धी मुद्दाको बहस सकिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा केसीका तर्फबाट शुरुमा डा केसी आफैंले र अन्तिम बहस बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गरेका थिए।
डा केसीको पक्षमा बहस गर्ने अधिवक्ताहरुले उनलाई तत्काल रिहा गरी यो मुद्दामा पूर्ण इजलासले सुनुवाइ गर्नु पर्ने माग गरे ।उनीहरुले प्रधानन्यायाधीश पराजुली यस मुद्दाको अर्को पक्ष भएकाले उनीमाथि लागेका आरोपको इजलासमा आएर जवाफ दिनु पर्ने पनि जिकिर गरेका थिए ।
यसअघि निवेदकका तर्फबाट पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु श्याम खरेल, माधव बस्नेत, कुमार रेग्मी, शोभा कार्कीलगायतले बहस गरेका थिए।दुबै पक्षको बहस सकिएकाले आजै मुद्दाको फैसला आउन सक्ने बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।