हेटौँडा,२५, पुस,
आउँदो पुस २७ गते हुने भनिएको मकवानपुर जिल्ला फुटबल संघको निर्वाचन तथा साधरणसभा अनिश्चितकालको लागि सर्ने भएको छ । एनफाले जिल्लाको ९ वटा क्लबलाई मात्र अधिवेशन तथा साधरणसभामा सहभागिता बनाउने पत्र पठाएपनि यहा क्रियाशिल अधिकांश क्लबहरुले बिरोध गर्दै चरणवद्ध आन्दोलनको कार्यक्रमहरु गरिरहेका थिए ।

आज जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहितको टोली र आन्दोलनरत क्लबहरुको प्रतिनिधिबिच भएको वार्ताले निर्वाचन मिति सारेर मकवानपुरमा रहेका ३७ वटै क्लबलाई साधरणसभामा भाग लिने वातावरण बनाउने गरि एनफालाई पत्र लेखेको छ ।

राजेन्द्र श्रेष्ठले एनफाई पत्र लेख्दै सबै ३७ वटै क्लबहरुको सहभागिता निश्चित गर्नको लागि समय अभाव हुने भन्दै अधिवेशन सार्नको लागि केहि समय माग गरेका छन् । आजको वार्ता सकारात्मक भएको भन्दै आन्दोलनरत क्लबका प्रतिनिधिहरुले जिल्ला फुटबल संघ मकवानपुरको निर्णयको स्वागत समेत गरेका छन् । उनीहरुले सहभागिता मात्र नभै मतदान गर्ने निर्णय समेत गर्न सक्ने भन्दै विश्वास समेत ब्यक्त गरेका छन् ।