![](https://www.khabarbreak.com/wp-content/uploads/2018/01/pic.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2018/01/pic.jpg)
हेटौँडा, २५ पुस,
राष्ट्रिय खेलकुद परिषदले जारी राखेको राखेप च्याम्पियनपपि अन्र्तगत हेटौँडामा राष्ट्रिय कुस्ती हुने भएको छ । प्रतियोगिता अन्र्तगत १७ औँ पुरुष तथा दोश्रो महिला राष्ट्रिय कुस्ती हुने भएको हो ।
पुस २७ गतेबाट सुरु हुने प्रतियोगितामा महिला र पुरुष गरि करिब ७८ जना सहभागि हुने आज हेटौँडामा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । कुस्ती खेलको लागि पुरुष तर्फ ५६ जना तथा महिला तर्फ २२ जनाले सहभागिता जनाउने नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले बताए ।
प्रतियोगितामा पुरुष तर्फ ५७ केजि देखि १२५ केजिसम्मको उमेर समुह रहेको छ भने महिला तर्फ ४५ केजी देखि ७५ केजीसम्मका उमेर समुहको सहभागिता रहने छ । खेल हेटौँडाको हुप्रचौरमा हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना, कार्यलय प्रमुख राजन दाहाल लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।