२५ पुष,लन्डन – आधुनिक प्रजातन्त्रको सुन्दर पक्ष भनेकै शासन गर्न निर्वाचनमार्फत नेताहरु चुनिनु हो । अहिले विश्वामा सरकारविना पनि देश चलाउन सम्भव छ भन्ने बहसको सुत्रपात भएको छ ।

सन् २०१८ को सुरुवातसँगै लामो समयदेखि युरोपका दुई देशमा विद्यमान सरकारविहीनताका कारणले लोकतन्त्रमा साँच्चिकै राजनीतिज्ञ चाँहिदैन र ? भन्ने प्रश्न उठेको छ ।

१२ महिना अघि उपप्रथम मन्त्री मार्टिन म्याक गिनिज उर्जा उपायअन्र्तगत दाग लागेर पद छोडेपछि उत्तरी आयरल्यान्ड सरकाविहीन भएको हो । हाल उत्तरी आयरल्यान्डमा सत्तारुढ नेस्नालिष्ट दलबीचको असमझादरीका कारण सरकार बन्न सकेको छैन र तत्काल हल हुने संकेत पनि देखिएको छैन ।, यो खबर आजको नागरिक दैनिकमा छ ।