पुस २५, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा सुरु भएको बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने लगायत विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

कार्यदलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढ्ने दुई पार्टीका शीर्ष नेताबीच यसअघि नै सहमति भइसकेको छ । दुवै पार्टीले आन्तरिक छलफल गरेपछि मंगलबार एकता संयोजन समितिको बैठक बसेको हो ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली सहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र इश्वर पोखरेल तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य हुनुहुन्छ ।