२५ पुस,सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत हिजो पुस १४ गते जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामा सो कुरा जनाइएको छ । सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।