२५ पुस,त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको बयान दिएका छन् ।
अदालतको अवहेलना गरेको आरोपमा हिजो पक्राउ परेका केसीले सर्वोच्च अदालतमा आज बयान दिँदै प्रधान्यायाधीश पराजुली न्यायाधीश बन्न समेत अयोग्य भएको टिप्पणी गरेका छन् ।
बयानका क्रममा डा. केसीले पराजुलीको दुई वटा नागरिकता रहेको तथा उमेर सच्याएको दाबी गरेका छन् । उनले पराजुलीमाथि नै छानबिनको माग गरेका छन् । केसीको बयान सकिएपछि संयुक्त इजलासमा बहस सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।