हेटौँडा,२५ पुस,
जिल्ला फुटबल संघ मकवानपुर र अधिवेशनको लागि सहभागिता र मतदान अधिकारको माग गरिरहेका मकवानपुरका १७ वटा क्लबको प्रतिनिधिबिच वार्ता सुरु भएको छ ।

अहिले जिल्ला फुटबल संघमा वार्ता भैरहेको जनाईएको छ । वार्ता सकारात्मक दिशामा अघि बढेको बताईएको छ । वार्ताको विषयमा खबरब्रेकसँग कुरा गर्दै मकवानपुर जिल्लम फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले १७ वटा क्लबलाई यो अधिवेशनमा कम्तिमा सहभागिताको अवसर प्रदान गर्ने सहमति हुन सक्ने बताए ।

क्लबका प्रतिनिधिहरुले भनेजस्तो यो पटकनै मतदानको अधिकार भने नहुने भन्दै अर्को पटकको अधिवेशनमा मतदानको अधिकारको लागि यो पटक सहभागिताको अवसर प्रदान गर्न सकिने बताए ।

उता आन्दोलनरत क्लबका प्रतिनिधि लवराज ठकुरीले आफुहरुले निरन्तर रुपमा मकवानपुर जिल्ला लिगमा सहभागिता जनाएको, क्लबलाई नविकरण गरेको कारण यो पटकनै जिल्ला फुटबल संघको निर्वाचनमा सहभागिता जनाउन पाउनुपर्ने बताए ।