हेटौँडा,२५ पुस,
मकवानपुर उद्योग वाणिज्य संघको पदाधिकारी चयन गर्नको लागि आज हेटौँडामा बैठक बस्दैछ । मकवानपुर उद्योग वाणिज्य संघको बेठक कक्षमा हुने बैठकले आज पदाधिकारी चयन गर्ने जनाईएको छ।
गत पुस १७ गते भएको निर्वाचनबाट चुनिएको कार्यसमितिले आज पदाधिकारी चयन गर्ने बताईएको छ । श्रोतले दिएको जानकारी अनुसार महासंघको बरिष्ठ उपाध्यक्षमा माधव न्यौपाने हुने लगभग निश्चित रहेको छ ।
महासचिवमा प्रमोदसिंह रानाभाट र विष्णुगोपाल महर्जनको चर्चा रहेपनि महर्जनको संभावना न्युन रहेको बताईएको छ । त्यसैगरी कोषाध्यक्षमा अनिल अग्रवाल तथा काब्यमणी अधिकारीको दाबी रहेको छ ।
त्यसैगरि चार सचिवमा उद्योग तर्फ सन्तोष अर्याल, वाणिज्य रविशर्मा कंडेल, एसोसियटमा महासचिव नभएको खण्डमा महर्जनको संभावना रहेको बताईएको छ ।
बैकठ केहिबेरमा हुने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।