पुस २५, झापाको दमकमा मंगलबार एक भुटानी शरणार्थी युवक मृत फेलापरेका छन् ।भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नम्बर–२३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेलापरेका हुन् ।
सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।उनको मृत्युको कारण केही नखुलेको र अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।