file

पुस २५,अदालतको मानहानि गरेको आरोपमा सोमबार राति पक्राउ गरेर मंगलबार बिहान सर्वोच्च अदालत पुर्याइएका डा. गोविन्द केसीको मुद्दामा बहस सुरू भएको छ ।

बिहान नौ बजे नै अदालत पुर्याइएपनि उनलार्इ दिउँसो साढे एक बजेमात्र इजलाशमा लगिएको छ । यसअघि सम्बन्धित फाँटले बयान लिएर इजलाशमा लगिने बताइए पनि केसीलार्इ सिधै इजलाशमा लगिएको छ ।

डा. केसीको सुनुवाइका लागि न्यायाधिशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको दुई नम्बर इजलास तोकिएको छ । डा. केसीलार्इ सुरूमा न्यायाधीशले स्वास्थ्य स्थिति सोधेका थिए । जवाफमा केसीका चिकित्सकले सामान्य रहेको तर प्रेसर केही कम भएको जवाफ दिइन् ।केसीको पक्षमा अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम गिरी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीलगायत छन् भने विपक्षमा रमण श्रेष्ठ, श्याम खरेल, दीपक विष्ट र लक्ष्मण थपलियाले बहस गर्नेछन् ।

सोमबार बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएका डा. केसीलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो ।