
हेटौँडा,२५ पुस,
सर्वोच्च अदालतको मानहानीको आरोपमा अनशन स्थलबाटै पक्राउ गरिएका डाक्टर गोविन्द केसीको निशर्त रिहाइको माग गर्दै हेटौँडामा युवाहरुले प्रर्दशन गरेका छन् ।
डाक्टर केसीको समर्थनमा यहाँका युवाहरुको समुहले बुद्धचौकबाट सिमाचोकसम्म शान्तिपूर्ण ्यालीको आयोजना गरे ।
उनीहरुले हातमा प्लेकार्ड बोकेर डाक्टर केसीको निशर्त रिहाईको माग गरेका हुन् । सर्वोच्च अदालतका प्रधानन्यायधिश गोपाल पराजुलीको राजिनामाको माग गर्दै अनशनरत डाक्टर केसीले अदालतको अवहेलना गरेको भन्दै हिजो सर्वोच्च अदातले पक्राउ गर्न आदेश दिएको केहि समयमानै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अनशनरत डाकटर केसीको पक्राउपछि अहिले देशब्यापी रुपमा बिरोध सुरु भएको छ । डाक्टर केसीको समर्थमा पुर्व प्रधानमन्त्रीदेखी मन्त्री र उच्चपदस्त कर्मचारीहरु समेत देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।