अदालतको अवहेलना मुद्दामा पक्राउ गरेर सर्वोच्च अदालत पुर्याइएका डा. गोविन्द केसीको बयान नसकिएपछि उनीसँग भोलि बुधबार पनि बयान लिइने भएको छ ।
डा. केसीलाई आज पनि प्रहरी हिरासतमै राख्न अदालतले आदेश दिएको छ । बिहान ९ बजे अदालत पुर्याइएका केसीसँग दिउँसो सोधपुछ गरिएको थियो ।
केसी पक्षका अधिवक्ता सुरेन्द्र भण्डारीले मुद्दा खारेज गर्न माग गरेका थिए । उनले कुन अपराधमा केसीलाई पक्राउ गरिएको हो भन्ने प्रश्न गरेका थिए ।
आज पनि डा. केसीलाई सिंहदरबार प्रहरी वृत्तमै राखिने काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।