हेटौँडा,२४ पुस,a
मकवानपुर जिल्ला फुटबल संघको पुस अन्तिममा हुने साधरणसभा तथा अधिबेशनमा सहभागि हुन पाउनुपर्ने भन्दै मकवानपुरका १७ वटा फुटबल क्लबले आज जिल्ला खेलकुद विकास समिति मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
लगातार दुई पटक सम्म लिग खेलिसकेको र निरन्तर फmुटबल संघमा आवद्ध रहि नविकरण गरेका क्लबहरुलाई समेत अधिवेशनमा प्रतिनिधि र मतदानबाट बञ्चित गर्न खोजिएको कुराको बिरोध गर्दै उनीहरुले समन्वयको लागि ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
आज हेटौँडाको जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर क्लबका प्रतिनिधिहरुले आफुहरुलाई पनि संघको अधिवेशनमा सहभागिता जनाउन दिनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग सहित धारणा ब्यक्त गरेका थिए ।
ध्यानाकर्षपत्र बुझाउँदै चौँघडा फुटबल क्लबका ज्ञानु क्षेत्रीले जिल्ला फुटबल संघले सुनियोजित ढंगबाट आफुहरुलाई अलग गर्न खोजेको बताए । कयौँ वर्षबाट निरन्तर फुटबलको गतिविधिमा लागेको आफुहरुलाई अधिवेशनमा रोक्न खोज्नु षड्यन्त्र भएको उनको भनाई रहेको थियो ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले आफुहरुले पीडित क्लबको प्रतिनिनिको कुरा सम्वन्धित निकायमा राखेर समस्याको समाधान गर्ने प्रयत्न गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।