पुस २४,मोरङमा नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् ।बूढीगंगा गाउँपालिका–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिइ पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए ।

एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उनले बताए ।बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरीसमेत दिएको भएपनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए ।

गिरानन्द पासवानले श्रीमती बेपत्ता हुनुअघि मोबाइलको ‘कल डिटेल’ हेर्दा एकजनासँग ६४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी पनि दिए । रासस