पुस २४ बेरुत,सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिवमा विद्रोहीहरूको अखडालाई लक्षित गरेर गरिएको हवाई कारबाहीमा परी कम्तीमा पनि २१ सर्वसाधारणको मृत्यु भएको छ ।यस आक्रमणमा मारिएकामा आठजना बालबालिकासमेत रहेका मानवअधिकारवादी समूहले सोमबार जनाएको छ ।
दक्षिणपूर्वी प्रान्तको सहर सिन्जारमा रुससँग आबद्ध हवाई कारबाहीमा मारिएक ती व्यक्तिहरू आठ बालबालिका र ११ जना भने एकै परिवारका सदस्य रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।
सिरियाली सरकार र रुससँग आबद्ध हवाई आक्रमण सोमबार इद्लिवको कैयौं स्थानमा जारी रहेको बेलायतसँग आबद्ध मानवअधिकारवादी संस्था अब्जरभेटरीका प्रमुृख अब्देल रहमानले बताएका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र सो गृहयुद्धमा आतंककारी समूह अल कायदा र आइएस हाबी हुँदै अएको छ ।यस कारबाहीमा परी सो समयदेखि हालसम्म चार लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौं सर्वसाधारण र सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।
यो गृहयुद्धका कारण यहाँका लाखौँ नागरिक देसभत्र र छिमेकी देसहरूमा विस्थापित भएर शरणार्थीका रूपमा जीवन बिताउन बाध्य भएका छन् । रासस एएफपी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।