
हेटौडा, २४ पुस,
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनपछि पहिलोपटक औपचारिक रुपमा चुनावी समिक्षा तथा स्वागत बैठक आज सम्पन्न भएको छ ।
पार्टीको जिल्ला इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा तथा जिल्ला संयोजक प्रेम बहादुर पुलामीको संचालनमा उक्त बैठक सम्पन्न भएको हो । बैठकले निर्वाचन अघि नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टी र स्वतन्त्र लगायतकाबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरुलाई औपचारिक रुपमा स्वागत गरेको पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिनुभयो ।
बैठकमा निर्वाचित सांसद द्वय कुमारी मोक्तान, प्रेम बहादुर पुलामी र समानुपातिक सांसद ओम घलानलाई जिल्ला पार्टीले बधाई तथा शुभकामना दिएको थियो । बैठकले सबै गाउँपालिका र वडाहरुमा तत्काल बैठक सम्पन्न गर्ने निर्णय गर्नुको साथै जनप्रतिनिधिहरुलाई विकास निर्माण कार्यमा तिव्रगतिले लाग्न बैठकले निर्देशन दिएको छ। बैठकले चुनाव सम्पन्न गर्न कुशलतापूर्वक लाग्ने नेता, कार्यकर्ता तथा शुभचिन्तक जनसमुदायलाई बधाई तथा धन्यवाद दिएको संचार विभाग पाख्रिन बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।