डा गोविन्द केसी

हेटौँडा,२४ पुस,
प्रधानन्यायधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै आमरण अनशन सुरु गरेका प्राध्यापक डाक्टर गोविन्द केसी बिरुद्ध सर्वोच्च अदालतले मानहानीको मुद्धामा पक्राउ गर्न आदेश दिएपछि डा. केसीको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ ।

 

पत्रकारहरुसँग पहिलो प्रतिक्रिया दिँदै उनले कानुन बेच्नेहरुले आफुलाई मानहानीको मुद्धा लाउन नसक्ने कडा प्रतिक्रिया दिए ।
उनले भने : न्याय बेचेर भुडी भर्नेहरु, मानहानीको मुद्धा लगाउछु भन्छन, मानै नभएकाहरुको कसरी भयो मानहानी ? उनले प्रतिप्रश्न गरे ।

 

उनले आफुलाई प्रहरीले जेल हालेपनि अनशन जारी राख्ने बताए । १४ पटकसम्म ज्यान हत्केलामा राखेर बेथितिको बिरुद्धमा लडेको भन्दै उनले आफ्नो अनशन जारी रहने बताए ।