हिरासतमा डा. गोविन्द केसी

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुली बिरुद्ध मानहानीको मुछामा प्रहरीले आमरण अनसनमा रहेका डा गोविन्द केसीलाई पक्राउ गरेको छ ।

अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । सोहि आदेश बमोजिम केसीलाई पक्राउ गरेको हो ।

प्रहरीले केसीलाई अनसन स्थलबाटै पक्राउ गरिएको हो डा, केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो । उनलार्इ सिंहरदबार प्रहरी कहाँ राख्ने सम्भावना छ । पक्राउ पर्नु अघि केसीले सर्वोच्च अदालतका प्रधानन्यायधीश पराजुली सहितको टिमले कानुनलाई बेचेर भुँडी भरेको आरोप लगाएका थिए ।