२४ पुष,उच्च अदालत रहेका स्थानमै प्रदेशसभा सदस्यको शपथ गराउने तयारी कानुनमन्त्री भन्छन्– राजधानी अब प्रदेशसभाले नै तोक्छ, यो सरकारले तोक्दैन
सरकारले प्रदेशको अस्थायी मुकाम तोक्नैपर्ने संवैधानिक दायित्व समयमै पूरा नगर्दा प्रदेश राजधानीको मुद्दा गिजोलिएको छ । प्रदेश राजधानी माग राख्दै विभिन्न जिल्लामा आन्दोलन चर्किन थालेका छन् ।
प्रदेश १ को राजधानी माग राख्दै आइतबार धनकुटाका सरकारी कार्यालयहरूमा प्रादेशिक मन्त्रालयहरूको साइनबोर्ड राख्नुअघि निकालिएको जुलुस बायाँ र डोटीको दिपायलमा प्रदेश ७ को राजधानी माग गर्दै आइतबारै निकालिएको मैनबत्ती जुलुस ।
राजनीतिक दलका शक्तिशाली नेता, प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि र अन्य सरोकारवालाले आआफ्नो अनुकूलमा पार्ने ‘लबिइङ’ तीव्र पारेपछि प्रदेश राजधानीको मुद्दा गिजोलिएको हो ।
आन्दोलनहरू चर्किंदै जान थालेपछि सरकारले भने प्रदेशको अस्थायी राजधानी नभनी ‘प्रदेशसभा सदस्यको शपथ र बैठकका लागि अस्थायी स्थान’ तोक्ने विकल्प अघि सारेको छ ।आजको कान्तिपुरमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।