
एजेन्सी आज सन् २०१८ जनवरी ८ तारिक हो । यो दिन इतिहासमा विश्वभर के कस्ता घटनाहरु भए । केही महत्वपूर्ण घटनाहरुलाई हामीले यहाँ समेटेका छौ ।
वास्तवमा जनवरी ८ मा विश्व इतिहासमा यस्ता घटनाहरु घटेका छन्, जुन दिन बेलायतका प्रसिद्ध वैज्ञानिक स्टिफिन हकिंग्सदेखि उत्तरकोरियाका राष्ट्रपति किम जोङ उनको जन्म यही दिन भएको थियो । यी लगायत केही महत्वपूर्ण घटनाहरुलाई हामीले समेट्ने प्रयास गरेका छौ, जसमा जन्मदेखि मृत्यु हुँदै राजनीतिक उथलपुथलका घटनाहरुसम्म समेटिएका छन् ।सन् १९६१ जनवरी ८ का दिन विश्व राजनीतिक र कुटनीतिक रंगमञ्चमा निकै ठूलो अर्थ राख्ने एउटा उथलपुथलकारी घटना भयो ।
जुन घटना फ्रान्स र अल्जेरियासँग जोडिएको थियो । अल्जेरियाको स्वाधिनताको विषयमा भएको सो जनमत संग्रह जनवरी ८ मै भएको थियो । जसमा फ्रान्सको पक्षमा ७५ प्रतिशत मत खसेको थियो भने अल्जेरियाको पक्षमा ६९ प्रतिशत मत खसेको थियो । त्यस्तै, १९६५ सालको जनवरी ८ कै दिन प्रसिद्ध चलचित्रकर्मी विमल रायले दुनियाँबाट बिदा लिएका थिए । जो भारतीय चलचित्र जगतकै पहिलो अन्तर्राष्ट्रिय ख्याती प्राप्त चलचित्रकर्मी रहेका थिए ।
सन् १९७३ जनवरी ८ का दिन रुसले पहिलोपटक ल्युना २१ नाम दिइएको अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको थियो भने सन् १९४२ जनवरी ८ मा बेलायतका प्रसिद्ध बैज्ञानिक स्टेफेन हकिंग्सको जन्म भएको थियो । त्यस्तै, सन् १९८४ जनवरी ८ कै दिन उत्तरकोरियाका नेता एवम् राष्ट्रपति किम जोङ उनको जन्म भएको थियो । आज उत्तरकोरियाका नेता उनको जन्मदिन पनि हो ।
त्यस्तै, सन् १९८४ जनवरी ८ कै दिन भारतकी पहिलो महिला पाइलट सुष्मा मुखोपाध्यायको निधन भएको थियो भने सन् १९७९ का जनवरी ८ कै दिन भियतनाममा विद्रोहीहरुले राजधानी कब्जा गरेको इतिहास भेटिन्छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।