पुस २३,साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ताविरोधी गतिविधिमा संलग्न भएको आरोपमा ११ जना राजकुमारलाई पक्राउ गरेको छ ।
साउदी राजाको सत्ताविरोधी गतिविधिमा संलग्न भएको आरोपमा ११ जना राजकुमारलाई पक्राउ गरेका स्थानीय ‘शब्क अनलाइन’ समाचार संस्थाले शनिबार जनाएको हो ।
दरबारमा रहेर दरबारविरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।साउदी राजा सलमानले सरकारलाई राजकूमारहरूको बिजुली र पानीको विल नतिर्न दिएको निर्देशनको विरोधमा उत्रिएका सबै राजकुमारलाई पक्राउ गरेको समाचारमा बताइएको छ ।
राजकुमारहरूले पहिलेदेखि दिइदै आएको सेवा काट्ने दरबारको निर्णय र गतवर्ष हत्या अभियोगमा मृत्युदन्ड दिइएका राजकूमारको परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका थिए ।
उनीहरूको सुनुवाई विचाराधीन अवस्थामा राखी तत्काल जेलमा पठाइएको छ ।साउदी सरकारले देसले गर्न चाहेको सुधार कार्यक्रमअन्तर्गत यहाँका राजकुमारहरूलाई पक्राउ गरेको तथा गतवर्ष केही उच्च पदस्थ अधिकारीलाई यहाँको इतिहासमा नै ठूलो भ्रष्टाचार मुद्दामा कारबाही गरी सरकारको नजरमा सबै नागरिक बराबर रहेको प्रष्ट गर्न चाहेको छ । रासस सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।