२३ पुस। हरेक वर्ष जस्तै यस वर्ष पनि शिवम् सिमेन्टले आफ्नो ‘कीर्ति समारोह २०७४’ भव्यताका साथ सम्पन्न गरेको छ ।काठमाडौंको पाँचतारे सोल्टी होटेलमा सम्पन्न उक्त समारोहमार्फत शिवम् सिमेन्ट लिमिटेडले आनो उत्कृष्ट ६४ डिलर तथा बिक्रेताहरुलाई नेपाल भरिका करिब ५०० डिलरहरुका बीच विभिन्न विधाका अवार्डबाट सम्मानित गरेको थियो ।
मनोरञ्जनले भरिपूर्णउक्त समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । राष्ट्रिय कलाकारहरुमा स्वस्तिमा खड्का, हेमन्त राना, कार्टुन क्रुज जस्ता लोकपि्रय नामहरु समावेश थिए भने अन्तर्राष्ट्रिय कलाकारमा भारतीय सुपरिचित हास्यवंग्य कलाकार डा. महसुर गुलाटी अर्थात सुनिल ग्रोबरको प्रस्तुती रहेको थियो ।
उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोएलले आˆना सम्पूर्ण बिक्रेता तथा डिलर साथीहरुलाई अझ मेहेनत गरी लगनका साथ शिव्म सिमेन्टलाई नेपालको मात्र नभई दक्षिण एसिया कै नं. १ सिमेन्ट बनाउनका लागि आवहृान गरेका थिए ।
त्यसैगरी उक्त कार्यक्रमका नेश्नल डाईमण्ड अवार्ड विजेतासोहन मुरर्काले यस्तो कार्यक्रमहरुको आयोजनाले डिलर्सहरुलाई थपउत्साहित बनाउने र भविष्यमा दिगो मेहनत गर्न प्रेरित गर्ने बताए ।अन्लाइनखबरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।