भीमफेदीका स्वास्थ्य संस्था स्थानीय निकायलाइ हस्तातरण गर्दै । तस्बिर : सुरेन्द्र थिके/ खबरब्रेक

भीमफेदी
२०७४ पौष २३
सुरेन्द्र राज थीके
मकवानपुर जिल्ला भीमफेदी गाउपालीका मा रहेका प्राथमिक स्वास्थ्य केन्द्र तथा चार स्वास्थ्य चौकी आज भीमफेदी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । आज भीमफेदीमा भएको एक समारोहबिच जिल्ला जन स्वास्थ्य शाखा अधिकृत चिरञ्जीबी पौडेल ले गाउँपालीका अध्यक्ष हिदम लामालाइ हस्तातरण गरेका हुन् ।

गाउँपालीका स्वास्थ्य संयोजक ध्रुब प्रसाद लामिछाने ले सञ्चालन गरेको कार्यक्रममा गाउँपालीका अध्यक्ष हिदम लामाको सभा अध्यक्षता तथा जिल्ला समन्वय समितिका उप प्रमुख भगवती पुडासैनीको प्रमुख आतीथ्य रहेको थीयो ।

कार्यक्रममा भीमफेदी गाउपालीका उपाध्यक्ष पार्वती राना, प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदी संचालन तथा ब्यबस्थापन समिति पदाधिकारी, इपापञ्चकन्या स्वास्थ्य चौकी,कोगटे स्वास्थ्य चौकी,निबुवाटार स्वास्थ्य चौकी,भैसे स्वास्थ्य चौकी, संचालन तथा ब्यबस्थापन समिति पदाधिकारीको उपस्थित रहेको छ ।

सोहि कार्यक्रममा सिघ्र कुपोषणको एककृत ब्यबस्थापन कार्यक्रम सञ्चालन सबल संस्थाले कुपोषण रोकथाम संबन्धि एक दिने प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेको थीयो ।सबलका पोषण ब्यबस्थापक पुष्पराज प्रसाइले कुपोषण संबन्धि सञ्चालीत आयोजना तथा त्यस्का पृष्ठपोषणमा स्थानिय निकायको भुमिका बारे सहजिकरण गरेको थीयो ।कार्यक्रममा भीमफेदी गाउं पालीका का वडा अध्यक्ष,स्वास्थ्य,कृषि,शिक्षा,शहरी बिकास, महिला बाल बालीका तथा सरोकारवाला कार्यालय प्रमुखको सहभागीता रहेको थीयो ।